चौतारा, असोज ४ ।
चौतारा बसपार्क–सिपाघाट कात्तिके– काठमाडौं सडकको झ्याडी–देउराली खण्ड स्तरोन्नति कार्यको शुभारम्भ गरिएको छ ।
आइतबार वागमती प्रदेश सरकारका सामाजिक विकास मन्त्री युवराज दुलालर भौतिक पूर्वाधार विकास मन्त्री रामेश्वर फुयालले संयुक्त रुपमा सडक निर्माणको उद्घाटन गर्नुभएको छ । द्धय मन्त्रीले आइतबार झ्याडी देउराली खण्डको झ्याडीमा पुगेर स्तरोन्नति कार्यको संयुक्त रुपमा उद्घाटन गर्नुभएको हो ।
सो सडक स्तरोन्नति कार्यको शुभारम्भ मन्त्री दुलालले डोजर र फुयालले सावेलले बाटो खनेर कामको उद्घाटन गर्नुभएको हो । यस सडकलाई प्रदेश सरकारले रणनैतिक महत्वको आयोजनाको रुपमा अगि सारेको छ ।
सडक स्तरोउन्नति शुभारम्भ कार्यक्रममा बोल्दै मन्त्री दुलालले तीन तहको सरकार बीच समन्वय नहुदा बिकास पछि पर्ने गरेको स्पष्ट पार्दै तिनै तहको सरकार मिलेर बिकासको कार्यमा अघि बढेका जिल्लाले फटको मार्ने बताउनुभयो ।
‘तीन तहको सरकारबीच समन्वय अभावको कारणले विकास निर्माणको काम पछि परेको छ । तीनै सरकारको समन्वयमा योजनालाइ पूरेर अघि बढ्ने तयारी भइरहेको छ’ उहाँले भन्नुभयो, ‘आफूले मन्त्रालयको जिम्मेवारीमा रहेसम्म कुनै अरु काम गर्दिन। जनताको पक्षमा काम गर्छु।’ उहाँले थप्नुभयो ।
प्रदेश सरकारको ४६ अर्ब ७३ करोड ४२ लाख ९६ हजार ६५२ लागतमा स्तरोन्नति हुन लागेको सो सडकको कार्य सम्पन्न भने २०७९ असोज २७ गते सम्ममागर्नुपर्नेछ । सोहि सडकको चौतारा देखि झ्याडी खोला सम्मको पहिलो खण्डको ९.४ किलोमिटर स्तरोन्नति सम्बन्धी निर्माण कार्य हाल भइरहेको छ । सोहि सडकको दोस्रो खण्डको रुपमा झ्याडी खोला देखि देउराली सम्मको करिब १२ किलोमिटर स्तरोन्नति गर्न प्रदेश सरकारबाट बहुवर्षीय गुरुयोजना सुरु भई दुई वर्षभित्र निर्माण कार्य सम्पन्न गर्नको लागि आइतबार शूभारम्भ गरिएको हो ।
श्री प्यासिफिक इन्जिनियरिग कम्पनि प्रा.लि. काठमाडौंले सडक स्तरोन्नतिको ठेक्का पाएको सडक स्तरोउन्नतिको कार्यमा मुख्य गरी सडक चौडा गर्ने, नाली निर्माण गर्ने तथा कालोपत्रे स्तर सम्म स्तरोन्नति गर्ने काम छ । यो सडक हुँदै चौतराबाट सबैभन्दा छोटो समयमा काठमाडौं पुग्न सकिन्छ ।