चौतारा, असोज १० ।
विपद संकटग्रस्त घोषण भएको सिन्धुपाल्चोक जिल्लाका जोखिमयुक्त बस्ति स्थानान्तरणका लागी नेपाल कम्युनिष्ट पार्टी सिन्धुपाल्चोकले अग्रसरता देखाएको छ । यस बर्ष मात्रै बाढी पहिरोले सय भन्दा बढि सिन्धुबासीको ज्यान लिइसकेको छ ।
यस जिल्लालाई नेपाल सरकारले विपद संकट ग्रस्त जिल्ला घोषणा गरेको थियो । विपद संकट ग्रस्त जिल्ला घोषण गरे सँगै नेकपा जिल्ला कार्यालयले प्राकृतिक प्रकोप अध्ययन, न्यूनिकरण तथा सहजिकरणका लागि जिल्लास्तरीय कार्यादल नै गठन गरि नेताहरुलाई बाढी पहिरोग्रस्त क्षेत्रमा खटाएको थियो ।
यसरी गाँउ बस्थिमा छिरेको नेकपाले शनिबार जोखिमयुक्त बस्ति स्थानान्तरणको प्रारम्भिक सर्वेक्षण प्रतिवेदनमाथि पार्टी र जनप्रतिनीधिबीच छलफल गरेको छ ।
शनिबार सुकुटेस्थित सुनकोसी बीच रिसोर्टमा पार्टीबाट निर्वाचित जिल्लका सम्पुर्ण प्रतिनीधि र पार्टी नेताबिच अन्तरक्रिया गर्दै नेकपाले बस्ति स्थानान्तरण सम्बन्धि प्रारम्भिक प्रतिवेदनमा छलफल गरेको हो ।
शनिबारको अन्तरक्रियात्मक कार्यक्रममा पूर्वमन्त्री एवम केन्द्रिय अनुसासन आयोगका अध्यक्ष अमृतकुमार बोहोरा, प्रतिनीधि सभा सांसद एवम केन्द्रिय सदस्य शेरबहादुर तामाङ, केन्द्रिय सदस्य एवम प्रदेश सरकारका मन्त्री अरुणप्रसाद नेपाल, प्रदेश सरकारका मनत्री युवराज दुलाल, प्रदेश सांसद सरेश नेपाल लगायत नेकपाका स्थानीय जनप्रतिनीधि र पार्टी नेताहरु सहभागी हुनुहुन्थ्यो ।
सो अन्तरक्रियात्मक कार्यक्रमले प्रकोप अध्ययन, न्यूनिकरण तथा सहजिकरण कार्यदलले कमजोर भू बनोट र विकास निर्माण कार्यबीच तालमेल नमिल्दा विपद निम्तिएको निष्कर्ष निकालेको छ ।