चौताराः
बहुविवाह मुद्धामा सजायँ सुनाएका एक व्यक्तिलाई उच्च अदालत पाटनले कारागार चलान गरेको छ ।
चौतारा साँगाचोकगढी नगरपालिका वडा नं.११ का हिरा बहादुर गिरीलाई ११ महिना २० दिन कैद भुक्तानका लागि कारागारको बन्दी गृहमा पठाइएको हो ।
उच्च अदालत पाटनको मिति २०७५।०२।०१ गतेको फैसलाले १ बर्ष कैद पाँच हजार जरिवाना तोकेको थियो ।
फरार रहेका गिरीलाई प्रहरीको सक्रियतामा प्रकाउ गरि कारागार पठाइएको जिल्ला प्रहरी कार्यालयका डिएसपी प्रकाश सापकोटाले जानकारी दिनुभयो ।