अर्जुन शर्मा, चौतारा ।
भूकम्पबाट सबैभन्दा बढी क्षति ब्यहोरेको सिन्धुपाल्चोकमा निर्माण गरिने भूकम्प स्मारक पार्कको काम यथाशीघ्र अघि बढाउन आफ्नो पहल रहने प्रतिनिधि सभाका सभामुख अग्नि प्रसाद सापकोटाले बताउनुभएको छ ।
बिहीबार सदरमुकाम चौतारामा भएको राष्ट्रिय पुर्ननिर्माण प्राधिकरण अन्र्तगत निर्माणको चरणमा रहेको भुकम्प स्मृति पार्क समन्वय तथा सहजिकरणको लागि भएको बैठकमा उहाँले सो कुरा बताउनुभएको हो ।
भूकम्प स्मृति पार्क निर्माणको प्रगति समिक्षामा पार्कको संरक्षक समेत रहनुभएका सापकोटाले निर्माण हुन लागेको भूकम्प स्मृति पार्क राष्ट्रिय गौरवको योजना भएतापनि अन्तराष्ट्रि महत्व राख्ने औल्याउनुहुदै देशैरीका भूकम्पबाट मृत्यृ ब्यहोरेका नागरिकको अभिलेख सहितको पार्कको बिशेष महत्व रहेको बताउनुभएको हो । ‘सिन्धुपाल्चोकमा प्राकृतिक प्रकोपले राज्यलाई नै चुनौती दिएको आभाष हुने गरी बिपत्ति भैरहेको छ’, सभामुख सापकोटाले भन्नुभयो, ‘भूकम्पले ध्वस्त पारेको संरचनाको झल्को दिने पार्क सहित राष्ट्रिय महत्वका आयोजना बिशेष प्राथमिकतामा पर्नुपर्छ’ उहाँले भन्नुभयो ।
२०७२ सालको बैशाख १२, १३ र २९ गते गएको बिनाशकारी भूकम्पको धेरै क्षति व्यहोरेको सिन्धुपाल्चोक जिल्लाको चौतारा साँगाचोकगढी नगरपालिकाको चौतारा नजिक मा बन्ने तयारी भएको भुकम्प स्मृति पार्कको भुकम्प गएको एक वर्ष पछि २०७३ बैशाख २९ मा भगवती सामुदायिक वन क्षेत्रमा स्मृति पार्क निर्माणको सिलान्याश गरिएको थियो ।
यस्तै पूर्व कानुन, न्याय तथा संसदीय मामला मन्त्री शेर वहादुर तामाङले यस कार्यको लागि सबैले पहल गरेर सफलता पाँउनुपर्ने बताउनुभएको छ । यो यो कारणले हुन सक्दैन हैन यसो यसो गरेमा कार्यसफलता पाँउन सकिन्छ भनेर सबैलग्नुपर्छ उहाँले भन्नुभयो ।
चरणवद्ध रुपमा पार्क निर्माणको काम भएपनि वनको जग्गा प्राप्तिको प्रक्रियामा ढिला भएको जिल्ला आयोजना कार्यान्वयन ईकाई (भवन) का प्रमुख सन्तोष निरौलाले प्रगति बिवरणमा उल्लेख गर्नुभयो ।
४२ हजार १०८ वर्ग मिटर क्षेत्रमा निर्माण हुने पार्कमा प्रवेशद्धार, वगैचा, शौचालय, स्मारक, पानीको फोहोरा, भूकम्पमा निधन हुनेहरुको नाम, अनुसन्धान केन्द्र, संग्राहालय लगायतका महत्वपूर्ण विषय डिपीआरमा तयार रहेको प्रमुख निरौलाले जानकारी दिनुभयो ।
प्रमुख निरौलाले जग्गा प्राप्ति, वहुवर्षिय ठेक्का स्वीकृतको लागि अवको तयारी आवश्यक रहेको बताउनुभयो । पार्क निर्माणकोलागि पूर्व सांसद सुभास कर्माचार्य संयोजक र पूर्व कानुन, न्याय तथा संसदीय मामला मन्त्री शेर वहादुर तामाङ सल्लाहकार रहने गरी थप कार्य प्रारम्भ भएको चौतारा सागाचोकगढी नगरपालिका प्रमुख अमानसिह तामाङले जानकारि दिनुभयो ।