शुरु भयो चौतारा–काठमाडौँ डिलक्स बस
चौताराः
चौतारा काठमाडौ यात्रा गर्नको लागि डिलक्स बस सेवा सञ्चालनमा आएको छ । बिहीबार असोज १५ गते देखी पुर्ब अरनिको यातायात सेवाले पाँचवटा बस सञ्चालन गरेको हो । चौताराबाट काठमाण्डौ जान र काठमाण्डौबाट चौतारा आउँनका लागी छिटो छरितो र स्वास्थ्य सुरक्षा सहितको आरामदायीक यात्रा गर्नका लागी उपयुक्त बस सेवा संञ्चालनमा आएकोमा सिन्धु बासीहरु खुशी देखिएका छन ।
चाडपर्वका बेला यात्रुहरुलाई सहज र सरल ढंगबाट ओसारपसार गर्न संस्थामा आवद्व पाँचभाई व्यावसायीहरु मिलेर बस सञ्चालन गर्ने निर्णय भएको पुर्ब अरनिको यातायातका उत्तर कुमार श्रेष्ठले बताउँनु भयो ।
उँहाले यात्रीहरुलाइ थप सुबिधाका साथ यात्रा गराउँनका लागी बिषेश गरि बिहान बेलुकाको समयमा बढी भिडभाड हुने भएकाले यसको समेत मध्यनजर राखी प्रालीले थप सुबिधाका लागी सेवा सञ्चालनको अनुमती दिएको बताउँनु भयो । बस सञ्चालक ब्यबसायी सागर श्रेष्ठले बिगतको भन्दा यात्रुहरुलाई थप सुविधा सहितकोे कोभिड–१९ को माहामारी फैलिएको बेलामा स्वास्थ्य मापदण्डलाई समेत ख्यालमा राखी सुविधा सम्पन्न बस सञ्चालन गर्न लागिएको बताउँनु भयो ।
पूर्व अरनिको यातायात प्रालीले त्यस क्षेत्रको यात्रुहरुलाई मध्य नजर राख्दै अशोज १५ गतेबाट थप अरनिको सुपर डिलक्स बस सन्चालनमा ल्याएको हो ।
निरन्तर सेवा प्रदान गरिने नयाँ डिलक्समा प्रत्येक सिटमा मोवाईल चार्ज गर्न मिल्ने, गर्मिमा पंखा तथा जाडोमा न्यानोको व्यवस्था तथा खानेपानीको सुविधा सहित आरमदायी यात्राको ब्यबस्था गरिएको श्रेष्ठले बताउँनु भयो ।उँहाका अनुसार सुपर एक्प्रेस नारायणटारबाट बिहान ५ः५० बजे, पुरानो बसपार्कबाट बिहान ७ः०० बजे, पुरानो बसपार्कबाट दिउसो ४ः०० बजे चौताराका लागी छुट्ने छ भने चौताराबाट बिहान ७ः०० बजे, १ः४५ बजे र ४ः०० बजे छुट्ने ब्यबस्था मिलाइएको छ ।