चौतारा, असोज १५ ।
लिसंखुपाखर गाउँपालिकाका ७ जनामा कोरोना संक्रमण देखिएपछि गाउँपालिका कार्यालय एक हप्ताका लागि बन्द गरिने भएको छ ।
पालिकाले एक सूचना निकाल्दै असोज २२ सम्म सम्पूर्ण वडा कार्यालय, अतरपुर स्वास्थ्य चौकी, लिसंखुपाखर गाउँकार्यपालिका बन्द गरी सेवाहरु बन्द गरिएको जानकारी दिएको हो ।
यसैगरी गाउँपालिका भित्र भर्चुुअल माधयमबाट सञ्चालित विद्यालयबाहेक अन्य सबै विद्यालयको पठनपाठन समेत बन्द गरिएको सूचनामा भनिएको छ ।