हेलम्बु, असोज १५ ।
दुई दसक अघि फलेका स्याउमा रोग लागेर सखाप भएपछि खेती छाडेका हेलम्बु वासीले अहिले फेरि स्याउ फलाएका छन् ।
जिल्लाको पर्यटकीय गाउँ हेलम्बुलाई फेरि स्याउको गाउँ बनाउन स्थानिय जुटेका छन् । दुई दसक अघिदेखि स्याउ खेती छाडेका स्थानियले फेरी भारतको हिमाञ्चल प्रदेशबाट विरुवा ल्याएर खेती सुरु गरेका थिए ।
हेलम्बु गाउँपालिका–१ स्थित शेर्पाको गाउँ नाखोतेमा मात्रै स्याउका १४ हजार विरुवा रोपिएको थियो । हाल सो बिरुवाहरुले फल दिन सुरु गरेको स्थानियहले जानकारी दिएका छन् । गाउँवासीले लगाएको स्याउको रुखमा फल लागेपछि किसानहरु झनै उत्साहित भएका छन् ।