चौतारा, असोज २६ ।
सिन्धुपाल्चोक जिल्लामा एकैदिन २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
यो संख्या जिल्लामा अहिलेसम्मकै धेरै हो । पछिल्लो २४ घण्टामा सिन्धुपाल्चोकमा ३ महिला र २२ पुरुषको रिपोर्ट कोरोना पोजेटिभ आएको स्वास्थ्य कार्यालयका सुचना अधिकारी कृष्णराज तिवारीले जानकारी दिनुभएको छ ।
सोमबार संक्रमण पुष्टि हुनेमा ३ जना प्रहरी, ३ जना निजामती कर्मचारी र १ जना स्वास्थ्यकर्मीमा समेतमा कोरोना संक्रमण देखिएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।
सोमबार संक्रमण पुष्टि हुनेमध्ये २ जना सञ्चारकर्मी समेत रहेका छन् । यो सँगै सिन्धुपाल्चोकमै रहेर संचारमाध्यममा कार्यरत संचारकर्मीमा कोरोना सक्रमण पुष्टि भएको हो । यस अघि नै सिन्धुपाल्चोक घर भइ राजधानिमा कार्यक्षत्र बनाएर कार्यरत २ जना संचारकर्मीमा कोरोना संक्रमण पुष्टि भएको थियो जसमा २ जना संचारकर्मीले कोरोना जितेर काममा फर्किसकेका छन् ।
यससँगै सिन्धुपाल्चोकमा सोमबारसम्म कोरोना संक्रमित हुनेको संख्या २ सय ६५ पुगेको छ । जसमा ६५ जना महिला र २ सय पुरुषमा कोरोना संक्रमित भएको स्वास्थ्य कार्यालयसँग तथ्याङक रहेको छ । जसमा ४१ महिला र ९९ पुरुष गरी १४० जनाले उपचारपछि कोरोना जितेर निको भई घर फर्कीसकेका छन् ।
अन्य बाँकी २२ महिला र ९९ पुरुषको विभिन्न अस्पताल तथा आइसोलेसनमा उपचार भइरहेको छ । भने २ महिला र ५ पुरुष गरी ७ जनाको को मृत्यु भइसेको छ ।