चौतारा, असोज ३० ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सिन्धुपाल्चोकले यो वर्षको दशैं लगायतका विभिन्न पर्वहरुमा चियापान, खेलकुद, सांस्कृतिक तथा सबै प्रकारका औपचारिक कार्यक्रमहरु नगर्ने निर्णय गरेको छ ।
विश्वमा नै महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड–१९) को जोखिमलाई मध्यनजर गर्दै सिंगो पार्टीपंक्ति, जनसंगनहरु लगायत सम्पूर्णलाई उत्साहका साथ स्वास्थ्य र सुरक्षाको मापदण्ड अपनाउँदै संक्रमण रोक्न समेत अपिल गरिएको छ ।
शुक्रबार पार्टीका जिल्ला अध्यक्ष झम्क नेपाल र सचिव दावा तामाङले एक विज्ञप्ति जारी गर्दै अघिल्ला वर्षहरुमा गर्दै आएका विभिन्न प्रकारका औपचारिक कार्यक्रम नगर्न अनुरोध गरेका छन् ।
जिल्ला कमिटीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘कोरोना भाइरसको संक्रमण नेपालमा पनि तीव्र रुपमा बढिरहेको छ । कोभिडको कारणले मानव गुमाउने पहिलो जिल्ला रहेको सिन्धुपाल्चोकमा हाल यसको संक्रमण समुदायस्तर मै फैलिसकेको छ ।