चौतारा, असोज ३० ।
जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकबाट दिने अत्यावश्यक सेवा फेरि बन्द गरिएको छ ।
असोज २० बाट बन्द गरिएको सेवा २८ गते खुलाईएपनि तीन दिनपछि फेरि सेवा बन्द गरिएको हो । २८ गतेबाट सूचारू सेवा शुक्रबार सम्म चालू गरिएको छ ।
जिल्ला प्रशासन कार्यालयले शुक्रबार जारी गरेको सूचनामा आउँदो २ गतेबाट सेवा बन्द गरेको उल्लेख छ । कार्यालयका कर्मचारीमा कोरोना संक्रमण देखिएको र अन्य कर्मचारीलाई लक्षण देखेकै कारण क्वारेन्टाईनमा बस्नु परेकाले सेवा बन्द गरिएको प्रशासनले जनाएको हो ।
शान्ति सुरक्षा र मुद्दा लगायतका काम भने हुने प्रशासनले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।