चौतारा।
पछिल्लो चौबीस घण्टामा देशभर थप २० जना कोरोना संक्रमितको मृत्यु भएको छ । देशभर थप २० जना कोरोना संक्रमितको मृत्यु भए संगै देशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ४ पुगेको छ ।
संक्रमणबाट मृत्यु हुनेको संख्या नेपालमा पछिल्लो चौबीस घण्टामा देशभर थप ३ हजार १ सय १४ जनामा कोरोना भाइरस संक्रमण देखिएको को स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यस्तै मंगलबार देशभर थप ३ हजार १ सय ४२ जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन्। हाल देशभर सक्रिय संक्रमितको संख्या ३७ हजार ४ सय ७६ रहेको छ ।