चौतारा ।
चौतारा साँगाचोकगढी नगरपालिकाले प्रत्येक बस्तिमा पुगेर जनता संग प्रत्यक्ष छलफल गरि नयाँ कार्यक्रम हरु बनाएर बिकासका कामहरु संचालन गर्ने अभियान शुरु गरेको छ । सोहि अभियान अनुसार शनिबार नगरपािलका वडा नं. ४ सिम्पानीमा सम्पन्न भएको छ ।
सो अभियानको क्रममा चौतारा साँगाचोकगढी नगरपालिकाका नगर प्रमुख अमान सिं तामाङले कसैलाई पनि भेदभाव नगरि बजेट तथा कार्यक्रमहरु संचालन गरेको बताउनुभएको छ । उहाँले भन्नुभयो,“ नयाँ शिराबाट अगाडि बढनको लागि गाँउगाँउमा पुगेर योजना छनोट गर्ने कार्यको शुरुवाति भएको छ । अब निवेदन बोकेर नगरपािलका पुग्नेहरुको योजना पास हुने छैन, कुन योजना कति आबश्यक छ आफुनै बस्ति बस्तिमा नै पुगेर बास्तबिक र अति आबश्यकका योजना छनोट गरि बजेट बिनियोजन गरिने समेत बताउनुभएको छ ।
जनताको अबश्यकता र चाहना अनुसारको कार्यक्रम तय गर्नको लागि जनताको घर दैलोमा नै पुगेर जनताको आबश्यकता र चाहना अनुसार कार्यक्रम तय गर्नको लागि नगरप्रमुख सहितको टोलि पछिल्लो साता नगरपालिकाको टोलटोलमा पुग्नुभएको छ ।
सो कार्यक्रममा नेकपा नगर कमिटी इन्चार्ज रामचन्द्र बस्नेत, नगरपालिका वडा नं.५ का अध्यक्ष नरमान श्रेष्ठ, नगरपालिका वडा नं. ४ का अध्यक्ष चुडामणि नेपाल, नेकपाका नगर कमिटि सदस्य तथा वडा इन्चार्ज सागर परियार लगायतको उपस्थितिमा स्थानिय बासिहरुको गुनासो सुन्ने तथा नयाँ कार्यक्रमका बिषयमा छलफल भएको हो ।