मेलम्ची ।
“राष्ट्रका लागि खेल, स्वास्थ्यका लागि खेल, पर्यटनका लागि खेल र पाँच पोखरीका लागि खेलकुद’’ भन्ने मुल नाराका साथ पाँचपोखरी थाङपाल गाउँपालिकामा आयोजना हुन लागेको प्रथम पाँचपोखरी कप २०७७ स्थगित गर्न खेलकुद विकास समितिले आग्रह गरेको छ ।
गाँउपालिकाको खेलकुद विकास समितिले आइतबार सुचना निकालेर कोरोना महामारीको प्रभाबका बिच खेलकुद कार्यक्रम स्थगन गर्न आग्रह गरेको हो ।
बिश्व माहामारीको प्रभाव कम नभएको र यस्ता सामुहिक रुपमा हुने प्रतियोगिता आयोजना नगर्न नगराउन नेपाल सरकारले समेत सुचना जारि गरेको हुनाले खेल स्थागित गर्न आग्रह गरेकोले खेल स्थगित गरिएको पाँचपोखरी थाङ्पाल गाउँपालिकाका खेलकुद विकास समिति अध्यक्ष टासि शेर्पाले बताउनुभएको छ ।