चौतारा ।
बाढी पहिरोबाट अति प्रभावित जुगल गाँउ पालिकालाई १ करोड ४८ हजार ९ सय ४ रुपैया सहयोग जुटेको छ ।
बिपद ब्याबस्थापन र भुउपयोग सम्बन्धि कार्ययोजना निर्माण गर्न र कार्यान्वयनको प्रारम्भिक चरणको निम्ति उपलब्ध गराईने सहमति पत्र आज कार्तिक २६ गते प्रदेश सभाका अर्थ तथा बिकास समितिका सभापति सरेश नेपालले हस्तान्तरण गर्नु भएको हो ।
सहमति पत्रमा उक्त श्रोत केएर नेपाल र सिएसआरसिले जुटाउने कुरा उल्लेख छ । भुगर्भबिद, जल तथा जमिन ( माटो ) बिज्ञ, आरकिटेक्ट ईन्जिनियर, जिआईएस बिज्ञ, सर्बेक्षक र बिपद तथा बाताबरण बिज्ञ सहितको टोलीले प्रभावित क्षेत्रको पहिचान र जोखिमको संभावनाको अध्ययन तथा योजनामा गाँउपालिकालाई सघाउने छन । समुदाय स्तरमै छलफल हुने छ ।
यो काम ८ महिना भित्र सम्पन्न गर्नु पर्ने छ । बिपद प्रभावितहरुको जिबीकोपार्जन सहित योजना स्थानियस्तरको सकृतामा बन्ने छ ।कार्ययोजना बने पछि बिस्थापितको निम्ति गर्ने काम अगाडी बढाउन स्थानिय, प्रदेश र संघको भुमिका प्रष्ट हुने र स्थाई पुनर्बासको काम थालिने छ । जिल्लाको मात्र नभएर मुलुककै बिपद ब्याबस्थापनमा नमुना काम हुने सहभागीहरुले बताउनुभएको छ ।
पालिका अध्यक्ष होम नारायण श्रंष्ठको अधयक्षतामा प्रदेश सभाका मा. सरेश नेपालको प्रमुख आतिथ्यमा गापाको प्राङगणमा आयोजित प्रतीनिधिमुलक भेलालाई केएर नेपालका सहायक राष्ट्रिय निर्देशक मोना शेर्पा, केएरका बिपद कार्यक्रम संयोजक नीलकंण्ठ पाण्डे र सिएसआरसिका डा. जगत बस्नेतले सम्बोधन गर्नु भएको थियो ।