चौतारा ।
चौतारा । सिन्धुपाल्चोक जिल्लाकै ठुलो मेलाको रुपमा लिईने गौरती भिमेश्वरको मेला यश वर्ष नहुने भएको छ ।
कोभिड–१९ को महामारीको कारण यसवर्ष मेला नहुने भएको हो । बढ्दो कारोना भाइरस जोखिमका कारण यही मंसिर १५ गतेबाट सुरु हुने जात्रा स्थगित भएको हो ।
जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले मेलामा हुने भीडभाडका कारण कोरोना भाइरस संक्रमणको जोखिम बढ्ने भन्दैे मेला स्थगित गर्न अनुरोध गरेपछि अनादिकालदेखि चल्दै आएको मेला स्थगन गरिएको गौराती विकास मञ्चका अध्यक्ष वाङगेल लामाले जानकारी दिनुभएको छ ।
प्रत्येक कार्तिक पूर्णिमाको दिनबाट ३ दिनसम्म संचालन हुने मेलामा राष्ट्रभरिबाट हजारौंको संख्यामा भक्तजनहरु मेला भर्न आउने गरेका थिए ।
यस वर्ष मेला स्थगन भएपछि मेलासँग सम्वन्धीत बली पूजा, भीमसेन रथारोहण र मेला लक्षित कुनै पनि ब्यापार व्यवसायीका लागि स्टल निर्माण नहुने तर परापूर्वकालदेखि चल्दै आएको मूलपूजा र गुठी पूजा भने सुचारु हुने पनि अध्यक्ष लामाले जानकारी दिनुभयो ।