मेलम्ची ।
समाजसेवी तथा राजनितिज्ञ सागर श्रेष्ठको पहलमा रोटरी क्लब अफ भादगाउँले बुधबार राती गुन्सामा भएको आगलागि पिडितहरुका लागि राहत वितरण गरेको छ ।
रोटरी क्लबले पिडितहरुका लागि शुक्रबार चामल,ब्लाङ्केट ,म्याट ,तेल र प्रती परिवार रु, ५ हजारले जम्मा १५ हजार नगद तत्कालका लागि सहयोग गरिएको समाजसेवी तथा राजनितिज्ञ सागर श्रेष्ठले जानकारी दिनुभयो ।
थाङ्पाल्कोट ४ का वडा अध्यक्ष राम बहादुर तामाङ सहित कांग्रेस नेतृ गंगा चापागाईं सहित स्थानीयहरुकोे उपस्थितीमा राहत वितरण गरिएको हो । बुधबार राती विद्युत सर्ट भई आग्लागी हुँदा जेठा तामाङ, साङ्बो तामाङ र सानोकान्छ तामाङ बस्ने घरमा आग्लागी हुँदा २१ लाख बराबरको क्षती भएको थियो ।
पिडितहरुको लागि तत्कालका लागि अत्यावश्यक सामाग्री वितरण गरिएको श्रेष्ठले बताउनुभयो । साथै श्रेष्ठले राहत बितरणका क्रममा गुन्साका जनप्रतिनिधिरुको आतिथ्यताले अझ सामाजिक कार्यमा लाग्ने उर्जा प्राप्त भएको र सबैप्रति सामाजिक सञ्जालमार्फत आभार तथा धन्यवाद दिँदै निरन्तर सामाजिक कार्यमा लाग्ने बताउनुभयो ।