चौतारा ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट विद्यार्थी संगठन अनेरास्ववियू सिन्धुपाल्चोक जिल्ला कमिटीले शुक्रबार सपथ कार्यक्रम सम्पन्न गरेको छ ।
गत असोज २० गते टुङ्गो लागेको दुई महिना पछि सिन्धुपाल्चोक अनेरास्ववियू जिल्ला कमिटीले सपथ ग्रहण कार्यक्रम सम्पन्न गरेको हो ।
सपथ ग्रहण कार्यक्रमका प्रमुख अतिथि नेकपा केन्द्रिय सदस्य तथा जिल्ला स–इन्चार्ज माधब सापकोटा सुबोधले जिल्ला कार्य समितिका सदस्यहरुलाई सपथ खुवाउनुभएको हो ।
सो कार्यक्रमको सम्बोधन गर्दै प्रमुख अतिथि सापकोटालले यस प्रतिकुल समयमा अनेरास्ववियू जिल्ल्लाले गरेको यस कार्यको प्रशंसा गर्दै अब संगठन तल्लोतहसम्म बिस्तार गर्न शुभकामना समेत दिनुभएको छ ।
उक्त कार्यक्रममा नेकपा प्रदेश कमिटि सचिवालय सदस्य सुभाष कर्मचार्य, नेकपा प्रदेश कमिटि सचिवालय सदस्य सरल सहयात्री पौडेल नेकपा प्रदेश कमिटि सचिवालय सदस्य तथा जिल्ला अध्यक्ष झम्क नेपाल, अनेरास्ववियू केन्द्रिय नेता सुरेन्द्र बस्नेत, सुदेश पराजुली लगाएतले नयाँ कार्यसमितिलाई बधाइ तथा शुभकामना व्यक्त गर्नुभएको थियो ।
कार्यक्रमकको अध्यक्षता अनेरास्ववियू सिन्धुपाल्चोक जिल्ला कमिटी संयोजक मिलन लामा गर्नुभएको थियो भने ससंयोजक हिरा चौलागाईंले कार्यक्रम संचालन गर्नुभएको थियो ।
सो सपथ ग्रहण कार्यक्रममा अनेरास्ववियू केन्द्रिय सदस्य श्याम रोक्का, प्रसुन कार्की, रन्जित आचार्य, पार्वती शर्मा, महेश श्रेष्ठ, सिपि दुलाल, चिरञ्जीवी कट्टेल लगायत जिल्ला नेताहरूको उपस्तिथि रहेको थियो ।