बराम्ची ।
सिन्धुपाल्चोक जिल्लाको जुगल गाँउपालिकाको न्यायीक समितिमा सुचिकृत मेलमिलापकर्ताहरुलाई न्यायिक समितिको आयोजना तथा प्राकृतिक स्रोत द्धन्द्ध रुपान्तरण केन्द्र, नेपालको सहजिकरणमा मेलमिलाप सम्बन्धि अनुभव आदानप्रदान कार्यक्रम सम्पन्न गरिरएको छ ।
मेलमिलापकर्ताहरुले विगत २०७२ सालदेखि नै मेलमिलाप मार्फत नै विवाद समाधान गर्दै आइरहेका थियो ।
जुगल गाँउपालिका उपाध्यक्ष एवं न्यायिक समिति संयोजक सृजना तामाङले स्थानिय सरकार सञ्चालन ऐन २०७४ को परिच्छेद ८ को अधिनमा रहि न्यायिक समिति कार्यविधि समेत निर्माण गरि वडा तहमा नै मेलमिलापको प्रयास गरि न्यायिक समितिमा विवाद निरुपणका लागि आउने गरेको बताइन् ।
नेपालमा स्थानिय सरकार आईसकेपछि गाँउघरमा नै न्यायको अनुभूती गर्न मेलमिलापकर्ता उत्पादन तथा परिचालन गरि वडा तहमा नै विवाद समाधान गरि विवादका पक्षहरुको सम्बन्ध सुधारसहितको मिलापत्र भएको जानकारी दिइन् । साथै गाँउपालिकाले मेलमिलापकर्ताका लागि विभिन्न प्रोत्साहनका कार्यक्रम लगायत वडा कार्यालय निर्माण सगै मेलमिलाप केन्द्रको कोठा समेत व्यवस्थापन गर्ने बताइन् ।
प्राकृतिक श्रोत द्दन्द रुपान्तरण केन्द्र नेपालको कार्यक्रम संयोजक ठाकुरराम चौलागाईले संस्थाले विगत २०७२ देखि मेलमिलापकर्ता उत्पादन गर्दै मेलमिलापको माध्ययमबाट विवाद समाधान गर्न सहयोग गरिरहेको बताए साथै मेलमिलापकर्तालाई प्रोत्साहन गर्दै अब मेलमिलापकर्ता लाई व्यावसायिक मेलमिलापकर्ताको रुपमा विकसित गर्नुपर्ने बताए ।
सो मेलमिलाप सम्बन्धि अनुभव आदानप्रदान कार्यक्रममा जुगल गाँउपालिका उपाध्यक्ष एवं न्यायिक समिति संयोजक, सदस्यहरु, नायब सुब्बा, संस्थाका प्रतिनिधिहरु, विद्यालयका प्रतिनिधि तथा मेलमिलापकर्ताहरुको उपस्थितिमा रत्नराज्य उच्च माध्यमिक विद्यालयको सभाहलमा गाँउपालिकाका कानुनी सहजकर्ता सुरज ढकालले सञ्चालन गरेका थिए ।
सो कार्यक्रममा न्यायीक समिति सदस्य र मेलमिलापकर्ताहरुलाई झोलासमेत विवतरण गरेको छ ।