त्रिपुरासुन्दरी ।
त्रिपुरासुन्दरी गाँउपालिकाको सुबिधा सम्पन्न प्रशासनिक भवनको शिलान्यास गरिएको छ ।
नेपाल कम्युनिष्ट पार्टी नेकपामा नेता तथा पुर्ब स्थानिय बिकास मन्त्री अमृत कुमार बोहोराले सोमबार सो भवनको शिलान्यास गर्नुभएको हो ।
सो भवनको सिलान्यास गर्दै नेता बोहोराले सिंहदरबारको अधिकार गाँउमा ल्याउनका लागि नेपाली नागिरकको ठुलो लगानि रहेकाले नागिरकको खुशि नै जनप्रतिनिधिको खुशि हुने हुनाले नागरिकको खुशिका लागि सरकार प्रमुखले काम गर्नुपर्ने बताउनु भएको छ ।
उहाँले भन्नुभयो “जहाँ ईच्छा हुन्छ त्यहा कामको लगनसिलता हुन्छ जहाँ लगनसिलता हुन्छ त्यहि कार्य सफलता हुन्छ त्यसैले ईच्छा शक्ति भयो भने जस्तो काम पनि गर्न सकिन्छ” यही धारणामा त्रिपुरासुन्दरि गाँउपालिका पनि अगाडि बढेकोे उहाँ प्रशंसा गर्नुभयो ।
सो कार्यक्रममा बोल्दै गाँउपालिकको अध्यक्ष भुपेन्द्र श्रेष्ठले स्थानिय सरकारले गरेका राम्रा र नराम्रा कामका मुल्याङ्कन गर्ने भएकाले कुनै एक ब्यक्तिलाइ भन्दा पनि समूह ,समाज , पिछडामा परेकाहरुको हितमा काम गरिरहेको बताउनुभयो ।
त्रिपुरासुन्दरि गाँउपालिकाले स्वच्छ,निस्पक्ष,र पालिकाको हितकालागि गरेको कामको स्थानियहरुले प्रशंसा समेत गरेका छन ।पालिकाले जनताको समस्यालाइ सम्बोधन गर्दै सुलभ, सरल तरिकाले प्रशासनिक सेवादिनका लागि नया बन्ने भवनले अझ बढिसहज हुने पालिकाबासिको भनाइ रहेको छ ।
करिब सात करोड रुपैयाको लागतमा निर्माण हुन लागेको उक्त भवनको शिलान्यस गरिएको हो ।