मेलम्ची ।
आज मेलम्ची नगरपालिकामा एक कार्यक्रम गरि ३३ औं बिश्व एड्स दिबस मेलम्ची नगरपालिकामा मनाइएको छ ।
मेलम्ची नगरपालिका भित्रका ११ जना एड्स संक्रमित रहेकोमा कार्यक्रममा सहभागी ८ जनालाइ पोषण प्याकेज सामाग्री बितरण गरिएको छ ।
कार्यक्रममा मेलम्ची नगरपालिकाकी उपप्रमुख भगवती नेपालले एड्स एउटा सामान्य समस्या भएको भन्दै सतर्कता ,साबधानी र सचेतना नै यस्को रोकथाम भएको बताउनुभयो । उहाँले एड्स संक्रमित ब्यक्तिलाई मर्यादाका साथ सामान्य जीवन बिताउने अधिकार रहेको भन्दै उनिहरु विरुद्ध विभेद नगर्न आग्रह समेत गर्नुभयो ।