चौतारा ।
तेस्रो चौतारा साँगाचोकगढी मेयरकप तथा प्रथम तोप–२१ ब्याडमिन्टन प्रतियोगिता’ को जिल्ला स्तरिय मेन्स सिंगलको उपाधि त्रिपुरा सुन्दरी गाँउपालिकाका अभिषेक गुरुङले हात पारेका छन् ।
मंगलबार साँझ भएको फाइनल खेलमा अभिषेकले चौताराका सुरेन्द्र श्रेष्ठलाई २–० को सोझो सेटमा पराजित गरेका हुन् । पहिलो सेट २१–१९ ले जितेका अभिषेकले दोस्रो सेट पनि २१–१५ ले जित्न सफल भइ सफलता हात पारेका हुन् ।
जितसँगै अभिषेकले नगद ३० हजार रुपैयाँ हात पारेका छन् भने उपबिजेता सुरेन्द्रले नगद २० हजार मा चित्त बुझाएका छन् । यस्तै सेमिफाइलनमा पराजित रमेश श्रेष्ठ र अजय तामाङले जनही ५ हजार प्राप्त गरेका छन् ।
चौतारा साँगाचोकगढी नगरपालिकाको प्रायोजनमा चलिरहेको प्रतियोगितामा जिल्ला स्तरका लागि पुरुष एकल र युगल तथा राष्ट्रिय स्तरका लागि पुरुष एकल गरि तीन विधामा प्रतिपर्धा सञ्चालन गरिएको छ ।
पहिलो चरणमा जिल्लाका लागि पुरुष एकल र युगल तथा दोश्रो चरणमा राष्ट्रिय स्तरको पुरुष एकल प्रतियोयगता आयोजना गरिनेछ ।
राष्ट्रिय स्तरको पुरुष एकलतर्फको बिजेताले नगद १ लाख ११ हजार १ सय ११ प्राप्त गर्ने छन् भने उपबिजेताले नगद ५५ हजार ५ सय ५५ प्राप्त गर्ने छन् । यस्तै सेमिफाईनलिस्ट (तृतीय स्थान) दुई जनाले जनही १० हजार प्राप्त गर्नेछन् ।
युगल तर्फ बिजेता जोडीले ४० हजार, उपबिजेता जोडीले ३० हजार र सेमिफाईनलिस्ट दुई जोडीले ५÷५ हजार प्राप्त गर्नेछन् ।