चौतारा ।
२०७२ सालको भूकम्प र त्यसपछि गएको बाढीपहिरोका कारण क्षतिग्रस्त अरनिको राजमार्ग चीनले बनाइदिने भएको छ ।
नेपाल–चीन नाका जोडिने अरनिको राजमार्गलाई चिनियाँ रकम ८० मिलियन युवान (१ अर्ब ४४ करोड २० लाख रुपैयाँ) लगाएर पुनस्र्थापना गरिदिने प्रस्ताव आइतबार प्राप्त भएको सडक विभाग विकास सहायता कार्यान्वयन महाशाखाका सिनियर डिभिजनल इन्जिनियर बताउनुभयो ।
पुनस्र्थापना कार्य उनका अनुसार गर्ने प्रस्ताव चिनियाँ दूतावासमार्फत प्राप्त भएको हो । चिनियाँ सरकारले प्रस्ताव पठाए पनि तत्काल काम थालनी हुने सम्भावना भने छैन । कोरोना महामारीका कारण तत्काल चिनियाँ निर्माण टोली आउने सम्भावना नभएको सडक विभागले जनाएको छ ।
सडक विभागका अनुसार चीन सरकारले अहिले ४७ किलोमिटरदेखि १ सय १४ किलोमिटरसम्म पुनस्र्थापना गर्ने प्रस्ताव राखेको छ । ‘ पाँचखालदेखि कोदारीसम्म हो ।
प्रस्तावअनुसार सडकको स्तरोन्नति हुने छैन, र भूकम्प, बर्षाले क्षति पुगेको स्थानमा पुनस्र्थापना गर्ने काम हुनेछ ।