चौतारा ।
७७ बर्ष की बृद्ध महिलाले आत्माहत्या गरेकी छिन् ।
सिन्धुपाल्चोक जिल्ला जुगल गा.पा. वडा नं. ७ तिनघरे टोल बस्ने बर्ष ७७ की बुम्बा लामोले प्लाष्टिकको डोरीको पासो लगाई आत्माहत्या गरेको जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी प्रकास सापकोटाले जानकारी दिनुभएको छ ।
मंगलबार आफ्नै घरको आफु सुत्ने कोठाको दलिनमा झुण्डी मृत अवस्थामा पेला परेको सुचना प्रहरी कार्यालयमा प्राप्त भएको र कार्यालय मातहत ईलाका प्रहरी कार्यालय जलबिरे सिन्धुपाल्चोकबाट अनुसन्धान अधिकृत सहितको प्रहरी टोली घटनास्थलमा खटी गई मृतक लासको पोष्टमार्टको लागि शव चौतारा ल्याइएको थियो ।
प्रहरीको प्रारम्भिक अनुसन्धान कार्य पुरा गरी मृतक लासको पोष्टमार्टम गरि सदगतको लागी मृतकको भतिजो नाता पर्ने कार्पो तामाङले मृतक लास जिम्मा बुझी लिई गएको सुचना अधिकारी सापकोटाले जानकारी दिनुभएको छ ।