घनश्याम नेपाल (सन्देश) ।
हावा हुण्डरीले सकेजति सबै गर्थ्यो बिनासै जति
हामीले पहिचान धेर गर्याबथ्यौं अहिले छ भष्मै अति
बाढी आउँछ तेज झैं जगतमा त्रासै छ फेरि जहाँ
रोक्नै पर्छ भनेर स्वच्छ मनले रोकेर रोक्छौ कहाँ
हैजाले दुःख दिन्छ फेरि किले पीडा त धेरै हुने
मान्छे हौं दुःख पाउने जगतमा हामी छऔं कि रुने
कालो बादल आउँदा पनि सहेँ आत्मा जलेझैं भयो
यो ब्रम्हाण्डमा लुकी रही छ को आश्चर्य लाग्दो छ हो
फर्की फर्कि जीवाणु आउँछ छिट्टै गर्दैन माया पनि
धेरैको जीउ ज्यान गइसकिसक्यो बस्या छ बज्रै बनी
अहिले ता बुझिसक्नु छैन नर हो धर्ती झनै हल्लियो
ठूलो घाउमहाँ झनै अझै ठूलो पीडा बनी बल्झियो
ठाउँमा नपुगेर खोज्न म पनि फोक्सो फुलाँए कति
बिन्ति गर्छु म धेरै धेरै मनले पत्ता लगाइदेउ गति
लेखकको ठेगानाः चौतारा साँगाचोकगढी – ४ कुविण्डे ।