चौतारा ।
आज भएको संसद् विघटन विरुद्ध सिन्धुपाल्चोकको चौतारामा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र बिद्यार्थी यूनियन अनेरास्ववियूले विरोध प्रदर्शन गरेका छन् ।
आज साँझ सत्तारुढ दल नेकपाकै बिद्यार्थी संगठनले प्रतिनिधि सभा बिघटनको बिरोध गरेको हो । संसद बिघटनको प्रतिगामी कदम खारेज गर भन्दै सडकमा नाराबाजी समेत गरेका थिए ।
पार्टी कार्यालयबाट बिद्यार्थीहरूले निकालेको बिरोध र्यालीले चौतारा सदरमुकाम परिक्रमा गरी सहिद गेटमा कोण सभा गरी सम्पन्न गरेको थियो ।
सो बिरोध कार्यक्रमा अनेरास्ववियूका केन्द्रीय सदस्य रञ्जित आचार्य सहित जिल्ला सदस्यहरुको उपस्थिति रहेको थियो ।