चौतारा ।
पूर्व–कानुनमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी नेकपाको केन्द्रीय सदस्य शेरबहादुर तामाङ अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षमा नै फर्किएका छन् ।
निकै लामो समयदेखि माधव नेपाल नेताको नजिक रहेका नेता तामाङ सोमबार प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले बोलाएको सांसदहरूको बैठक र मंगलबार केन्द्रीय सदस्यहरुको बैठकमा उपस्थित भएका थिए ।
सिन्धुपाल्चोक प्रतिनिधिसभा २ बाट निर्वाचित सांसद समेत रहेका उनि पछिल्लो समय ओलि निकट भएपछि जिल्लाको एक किसिमको तरङग पैदा भएको थियो ।
नेता तामाङ आज प्रचण्ड पक्षको बैठकमा सहभागी भएका छन् ।