चौतारा ।
बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध अविश्वास प्रस्ताव ल्याइएको छ ।
शालिकराम जम्मरकट्टेल प्रस्तावक र अरुण नेपाल समर्थक रहेको अविश्वासको प्रस्तावमा पौडेललाई पदमुक्त गरेर अष्टलक्ष्मी शाक्यलाई मुख्यमन्त्री बनाउन प्रस्ताव गरेका छन् ।
सत्तारुढ नेकपाकै प्रचण्ड–माधव नेपाल पक्षले पौडेलविरुद्ध अविश्वास प्रस्ताव ल्याएको हो ।
४५ जना प्रदेश सभासदस्यहरुले हस्ताक्षरसहित मुख्यमन्त्री पौडेलविरुद्ध अविस्वास प्रस्ताव दर्ता गरेका हुन् ।
आजै बागमती प्रदेश सरकारका तीन मन्त्रीले राजीनामा दिएका छन् ।