चौतारा ।
आइतबार प्रधानमन्त्री केपिशर्मा ओलिले गरेकोे संसद् विघटन विरुद्ध अखिल नेपाल राष्ट्रिय स्वतन्त्र बिद्यार्थी यूनियन (अनेरास्ववियू) सिन्धुपाल्चोकले बिरोध प्रदर्शन गर्न निरन्तर सडक आन्दोलन जारी राखेको छ ।
आज बिहान पार्टी कार्यालयबाट बिद्यार्थीहरूले निकालेको बिरोध र्यालीले चौतारा सदरमुकाम परिक्रमा गरी टुडिखेलमा कोष सभा गरी सम्पन्न गरेको छ ।
चौतारामा सत्तारुढ दल नेकपाकै बिद्यार्थी संगठनले प्रतिनिधि सभा बिघटनको बिरोध गरेको हो । बिद्यार्थीले संसद बिघटनको प्रतिगामी कदम खारेज गर, केपिओलि मुर्दावाद,अनेरास्ववियू जिन्दावाद, जनताको मतलाई बेवास्ता गर्न पाइदैनजस्ता नाराबाजी गरि परिक्रमा गरेका छन् ।
संसद बिकटन बिरुद्ध निरन्तर सडक संघर्ष गर्ने अनेरास्ववियूका जिल्ला संयोजक मिलन लामाले जानकारी दिए ।
आजको बिरोध कार्यक्रममा अनेरास्ववियूका केन्द्रीय सदस्य रञ्जित आचार्य, जिल्ला संयोजक मिलन लामा, जिल्ला कार्यलय टिमका सदस्यहरु क्षितिज तामाङ, रबि भण्डारी लक्ष्मण सिलवाल र जिल्ला सदस्यहरु सहित अनेरास्ववियूका १ सय बराबरको बिध्यार्थी सहभागि भएका थियो ।
हिजो साँझ मात्रै पार्टी कार्यालयबाट बिद्यार्थीहरूले मसाल जुलुस निकालेका थिए । प्रहरीको शसक्त दमनको बिचमा पनी बिध्याथीहरुले मसाल बोकेर बजार परिक्रमा गरेका थिए ।
सोहि क्रममा बिध्यार्थीहरुले प्रधानमन्त्री केपिशर्मा ओलिको तस्बिर समेत जलाइएको अनेरास्ववियूका जिल्ला सचिवालय सदस्य प्रबिण चौलागाईले जानकारी दिए ।
यस अघि आइतबार नै संसद् विघटन विरुद्ध सिन्धुपाल्चोकको चौतारामा अनेरास्ववियूले विरोध प्रदर्शन गरेको थियो ।