हेटौंडा ।
सोमबार बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयले सहजकर्ताहरुसँग समिक्षा तथा अभिमुखीकरण गोष्ठी सम्पन्न गरेको छ ।
प्रदेशका सबै जिल्लाहरुमा कार्यरत बालविवाह मुक्त प्रदेश निर्माण सहजकर्ता र सहयोगापेक्षी सडक मानब मुक्त प्रदेश निर्माण सहजकर्ताहरुको समिक्षा तथा गोष्ठी भएको हो ।
जिल्ला स्तरमा सडक मानब र बालविवाहको अवस्थाका विषयको अवस्था बुझ्नका लागि के कस्ता काम भएका छन् र सहयोगापेक्षि र बालविवाह न्युुुुनिकरणमा भावि योजना के हुन सक्छ भन्ने विषयमा समिक्षा तथा छलफल भएको मन्त्रालयका सामाजिक विकास महासाखाका प्रमुख इन्दीरा ओझाले जानकारी दिनुभयो ।
दुइदिन सम्मको कार्यक्रममा सामाजिक बिकास मन्त्रालयका सचिव दिपक काफ्लेले समेेेत सम्बोधन गर्नुभएको थियो ।
सो कार्यक्रममा माहासाखा प्रमुख इन्दिरा ओझा, महासाखाका अधिकृत चन्द्र कुमारी व्यन्जनकार, मन्त्रालयका बाल अधिकार स्रोत व्यक्ति बद्रि वाग्ले, अधिकृत असोक काफ्ले लगायतले सहजीकरण गर्नु भएको थियो ।