काठमाडौं ।
प्रतिनिधिसभा विघटनको विरोधमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव नेपाल समूहले आज देशभर विरोध प्रदर्शन सुरु गरेका छन् ।बिशेष गरि काठमाडौंको भृकुटीमण्डपमा हुने विरोध सभाका उपत्यकाका टेकु, नयाँबानेश्वर, मैतीदेवी, नक्साल, लैनचौर, कुलेश्वर, रत्नपार्क, बागबजार र कुपण्डोल बाट जुलुस निस्किएको थियो।
नेकपा केन्द्रीय संघर्ष समितिले आयोजना गरेको काठमाडौँको प्रदर्शनमा मात्रै ५० हजार मानिस सहभागी भएको दाबी संघर्ष समितिले गरेको छ।
सबै तिरको जुलुस भृकुटीमण्डपमा पुगेपछि विरोध सभालाई अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधव कुमार नेपालसहितका शीर्ष नेताले सम्बोधन गर्ने कार्यक्रम जारी रहेको छ।