जनार्दन नेपाल, चौतारा ।
गायक सर्जक तथा कुशल सञ्चारकर्मी महेश नेपालको बालापनको झलझली याद दिलाउने ठटेउली मौलिक गित “हे निरा” काठ्माण्डौ एक्स्प्रेस नामक युटुब च्यानल मार्फत डिजिटल बजारमा आएको छ।
महेश नेपाल स्वयमको लय/शब्द सृजनामा गित बजारमा आएको हो । गितमा महेश नेपाल, लोकप्रिय गायिका गितादेबी र ईन्दीरा अधीकारी वाग्लेको सुमधुर स्वर समाबेश छ । मौलिक र यथार्थ शब्द समाबेश भएको गितले छोटो समयमानै दर्शक श्रोताको मन जित्न सफल भएको पाईएको छ ।
महेश नेपालको निर्देशनमा तयार भएको यस गितको म्युजिक भिडियोमा महेश नेपाल, गितादेबी, बिक्रम आचार्य, अमृत तिमल्सीना, प्रत्युष नेपाल, सन्तोष बिरही, पवन भट्टराई, अश्लेषा वाग्ले, ईन्दीरा अधिकारी (वाग्ले) लगायतको दमदार अभिनय देख्न सकीन्छ। प्रतीक ब. श्रेष्ठको छायाँकन, चेतन सागरको सम्पादन र शितलराज गिरिको ब्यवस्थापनमा भिडियो तयार भएको हो ।