चौतारा ।
सिन्धुपाल्चोकको गुफाडाँडामा यस वर्ष पनि राष्ट्रिय जलवायु दिवस मनाईने भएको छ ।
राष्ट्रिय जलवायु सम्मेलन भएको मेलम्ची नगरपालिका वडा नं. ९ गुफाडाँडामा यस बर्षपनि दोस्रो जलवायु दिवस तथा अन्र्तकृया कार्यक्रम आयोजना गरिएको हो ।
जलवायु दिवसको अवसरमा अन्र्तक्रिया सहितको विविध कार्यक्रम गर्न लागिएको जिल्ला समन्वय समिति सिनधुपाल्चोका प्रमुख कृष्ण गोपाल तामाङले जानकारी दिए ।
गत बर्षहरुमा ७७ वटै जिल्लाका प्रमुख तथा उपप्रमुखको उपस्थिति रहेको सो कार्यक्रम कोभिड १९ का कारण सामान्य मात्रै गर्ने तयारी रहेको जिल्ला समन्वय समितिले जानकारी दिएको छ ।
जलवायु सम्मेलनका क्रममा २०७५ सालमा राष्ट्रपति बिद्यादेवी भण्डारीले गुफाडाँडामा राष्ट्रिय जलवायु सम्मेलनको उद्घाटन गरेकी थिइन् ।