चौतारा ।
सिन्धुपाल्चोकको गुफाडाँडामा यस वर्ष पनि राष्ट्रिय जलवायु दिवस मनाईएको छ ।जिल्ला समन्वय समितिको आयोजनााम भएको सो कार्यक्रममा जिल्ला समन्वय समिति माहासंघका उपप्रमुख तथा नुवाकोट जिल्ला समन्वय समितिका प्रमुख सन्तमान तामाङको प्रमुख आतिथ्यता रहेको थियो ।
सो कार्यक्रममा बागमती प्रदेश सभाका प्रदेश सांसदइन्द्रमाया गुरुङ, नेकपाका जिल्ला अध्यक्ष झम्क नेपाल, चौतारा साँगाचोकगढी नगरपालिकाका प्रमुख अमानसीं तामाङ, मेलम्ची नगरपालिकाका प्रमुख डम्बर अर्याल, इन्द्रावती गाँउपालिकाका अध्यक्ष बंशलाल तामाङ, प्रमुख जिल्ला अधिकारी उमेशकमार ढकाल, प्रहरी प्रमुख राजन अधिकारी लगायत सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधिहरुको समेत उपस्थिति रहेको थियो ।
गत बर्षहरुमा ७७ वटै जिल्लाका प्रमुख तथा उपप्रमुखको उपस्थिति रहेको सो कार्यक्रम कोभिड १९ का कारण यस बर्ष सिमित मानिसको मात्रै उपस्थिति रहेको सो अन्र्तक्रिया कार्यक्रममा सबै बक्ताहरुको आफ्नो जिवन शैलिमा परिवर्तन गर्न सके मात्रै कार्यक्रमको औचित्य रहने प्रष्टाएका थिए ।
सिन्धुपाल्चोकका जिल्ला समन्वय समितिका प्रमुख कृष्ण गोपाल तामाङको अध्यक्षतामा भएको कार्यक्रमको संचालन जिसस सदस्य सकुन्तला माझिले गर्नुभएको थियो ।
२०७५ सालमा राष्ट्रपति बिद्यादेवी भण्डारीले उद्घाटन गर्नुभएको राष्ट्रिय जलवायु सम्मेलन भएको मेलम्ची नगरपालिका वडा नं. ९ गुफाडाँडामा यस बर्ष दोस्रो जलवायु दिवस तथा अन्र्तक्रिया कार्यक्रम आयोजना गरिएको हो ।