अर्जुन शर्मा, चौतारा ।
नेपाल कम्युनिष्ट पार्टी नेकपा प्रचण्ड माधब नेपाल समुहले सिन्धुपाल्चोक जिल्लामा पार्टी फुटको कुनै प्रभाव नरहेको निष्कर्ष निकालेको छ ।
सिन्धुपाल्चोकको पालिका स्तरिय अगुवा कार्यकर्ता भेलामा उत्साहजनकको उपस्थितिले नेकपाले पार्टी फुटको प्रभाव सिन्धुपाल्चोकमा नपरेको निष्कर्ष निकालेको हो ।
नेपाल कम्युनिष्ट पार्टी नेकपा प्रचण्ड माधब नेपाल समुहले सिन्धुपाल्चोकका सम्र्पुण नगरपालिका तथा पालिकाहरुमा पालिका स्तरीय अगुवा कार्यकर्ता भेला सम्पन्न गरेको छ । सोमबार जुगल गाँउपालिकाको कार्यकर्ता भेला गरेसँगै पालिका स्तरीय भेला सक्काएको हो ।
“प्रतिनिधी सभा विघटन गरीएको असंवैधानिक कदमको शसक्त प्रतिरोध गरौँ, संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा गरौँ” भन्ने नारा सहित नेकपाका केन्द्रिय स्तरका नेताहरुको उपस्थितिमा सम्पन्न भएका कार्यक्रमहरुले सिन्धुपाल्चोकमा फुटको कुनै प्रभाव नरहेको निष्कर्ष निकालेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले गत पौष ५ गते प्रतिनिधी सभा विघटन गरेपश्चत नेकपा बिभाजनको चरणमा पुगेको छ । त्यसयता ओलीबाट छुटीएका प्रचण्ड माधव पक्षले केन्द्रदेखि प्रदेश हुँदै जिल्ला र स्थानिय स्तरसम्म योजनावद्व रुपमा कार्यकर्ता भेला गरी कार्यक्रम आयोजना गर्ने निर्णय गरे सँगै सिन्धुपाल्चोका सम्पुर्ण पालिकाहरुमा कार्यकर्ता भेला गरिएको हो ।
आइतबार मात्रै नेकपाको जिल्ला कमिटि तेस्रो पुर्ण बैठक सम्पन्न भएको थियो । सो पार्टीको बैठकले ओली पक्षको नेकपा केन्द्रीय सदस्यमा मनोनीत हुने खेलकुद मन्त्री दावा तामाङसहित अन्य केन्द्रीय सदस्यहरु सरेश नेपाल,होमनारयण श्रेष्ठ, हस्त पण्डित र डोल्मा तामाङलाई कारवाही गर्ने निर्णय बैठकले अनुमोदन गरेको प्रचार विभाग सहसंयोजक चिरञ्जिवि कट्टेलले जानकारी दिनुभयो ।
सोही बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरे असंवैधानिक कदम चालेको विरुद्धमा जिल्लाव्यापी आन्दोलनका लागि जिल्ला अध्यक्ष झम्क नेपालको संयोजकत्वमा ११ सय ८३ सदस्यीय आन्दोलन परिचालन कमिटी गठन गरेको छ ।
सो वैठकले केन्द्रीय सदस्य एवम जिल्ला सचिव दावा तामाङ ओली पक्षको नेकपाको केन्द्रीय सदस्य भएपछि रिक्त जिल्ला सचिवमा गोविन्द पराजुलीलाई माथिल्लो कमिटिलाई मनोनीत गर्ने सिफारिस गर्ने निर्णय समेत बैठकले गरेको छ ।
नेकपा सिन्धुपाल्चोकमा दुइ पार्टी एक भएपछि १ सय ४५ सदस्यिय जिल्ला कमिटी गठन भएको थियो । पार्टी विभाजन भएपछि दाहाल नेपाल पक्षले आयोजना गरेको जिल्ला कमिटीको बैठकमा १ सय ६ जना जिल्ला सदस्यहरुको सहभागीता रहेको र २१ जना बिशेष कारण अध्यक्षलाई जानकारी गराएर उपस्थित हुन नसकेको प्रचार विभागका कट्टेलले जानकारी दिनुभयो । सो वैठकमा दाहाल नेपाल पक्षको मात्र उपस्थीति रहेको वुझिएको छ ।
नेकपाले गरेका पालिका स्तरीय अगुवा कार्यकर्ता भेला पौष ९ गते मेलम्चीबाट शुरु भएको थियो । यसैगरी क्रमस इन्द्रावतीमा ११ गते, हेलम्बु, त्रिपुरासुन्दरी, बाह्रबिसे र चौतारा साँगाचोकगढी नगरपालिकामा १६ गते , भोटेकोशी, लिसंखुपाखर र शुनकोशी गाँउपालिकामा १७ गते यसैगरी बलेफी गाँउपालिकामा १८ गते र जुगल गाँउपालिकामा २० गते अगुवा कार्यकर्ता भेला सम्पन्न गरेको हो ।
सो पालिका स्तरीय अगुवा कार्यकर्ता भेलाको सम्बोधन गर्न जिल्लाका नेताहरु, अनुशासन आयोगका संयोजक अमृतकुमार बोहोरा, नेकपाका केन्द्रिय सदस्य तथा जिल्ला इन्चार्ज कृष्ण प्रसाद सापकोटा, नेकपाका केन्द्रिय सदस्य अरुण नेपाल नेकपाका केन्द्रिय सदस्य तथा पुर्व मन्त्री शेरबहादुर तामाङ, नेकपाका केन्द्रिय सदस्य तथा जिल्ला सह–इन्चार्ज माधब सापकोटा सुबोध नेकपाका केन्द्रिय सदस्य तथा जिल्ला सह–इन्चार्ज युवराज दुलाल शरद, नेकपा प्रदेश कमिटि सचिवालय सदस्य शुभाष कर्मचार्य, जिल्ला अध्यक्ष झम्क नेपाल, जन सांस्कृतिक महासंघ केन्द्रीय सह–संयोजक सरल सहयात्री पौडेल, नेकपा प्रदेश कमिटि सचिवालय सदस्य चन्द्र बहादुर थापा किशोर, रवि सापकोटा लगायतका नेताहरुलाइ जिम्मेवारी प्रदान गरिएको थियो ।