अर्जुन शर्मा, चौतारा ।
विनासकारी भूकम्पबाट सर्वाधिक क्षति पुगेको सिन्धुपाल्चोकमा निजी आवास पुनर्निर्माण अन्तिम चरणमा पुगेको छ । जिल्लामा ९३ प्रतिशत घर ठडिएसँगै पुनर्निर्माणले लक्ष्यको अन्तिम बिन्दुमा पुगेको हो ।
पालिका स्तरीय तथ्याङक हेर्दा अन्य पालिकाको तुलनामा सुनकोशी गाँउपालिका पुर्ननिर्माणमा अगाडि देखिएको छ । सुनकोशी गाँउपालिकामा पहिलो किस्ता लिने लाभग्राहीमध्येका ९७.१ प्रतिशत लाभग्राहीहरुले आवान निर्माण सम्पन्न गरेका छन् ।
पहिलो किस्ता लिएका ५ हजार ७ सय ६९ कुल लाभग्रही मध्ये ५ हजार ६ सय ३ लाभग्राहीहरुले तेस्रो तथा अन्तिम किस्ता भुक्तानी लिनको लागि सिफरिस गरिएको जिल्ला आयोजना कार्यान्वयन इकाइ भवनका प्रमुख सन्तोष निरौलाले जानकारी दिनुभएको छ ।
जिल्ला आयोजना कार्यान्वयन इकाइ भवनको तथ्याङक अनुसार दोस्रोमा बाह्रबिसे नगरपालिमा ९७.०८ प्रतिशत निजि आवास पुर्ननिर्माण सम्पन्न भएको छ । यसैगरी क्रमस जुगल गाँउपालिकामा ९७ प्रतिशत, बलेफि गाँउपालिकामा ९६.६६ प्रतिशत, हेलम्बु गाँउपालिकामा ९५.४८ प्रतिशत, चौतारा साँगाचोकगढी नगरपालिकामा ९४.९८ प्रतिशत, इन्द्रावती गाँउपालिकामा ९४.३ प्रतिशत, त्रिपुरासुन्दरी गाँउपालिकामा ९३.४३ प्रतिशत, मेलम्ची नगरपालिकामा ८९.५० प्रतिशत, लिसंखुपाखर गाँउपालिकामा ८२.४९ प्रतिशत निजि आवास पुर्ननिर्माण सम्पन्न भएको छ ।
यसरी पालिकाको तग्थ्याङकलाई हेर्दा पाँचपोखरी थाङपाल गाँउपालिका र भोटेकोशी गाँउपालिकामा निजि आवास पुर्ननिर्माणको प्रतिशत कम देखिएको छ । सो दुई पालिकामा ७८ प्रतिशत मात्रै निजि आवास पुर्ननिर्माणको काम सम्पन्न भएका छ ।
असार मसान्त सम्ममा जिल्लामा निजि आवास पुर्ननिर्माणको कार्य सक्ने लक्ष रहेको जिल्ला आयोजना कार्यान्वयन इकाइ भवनका प्रमुख निरौलाले जानकारी दिनुभयो ।
जिल्ला आयोजना कार्यान्वयन इकाइ भवनको तथ्यांकअनुसार जिल्लामा ९० हजार नौ सय चार लाभग्राही छन् । यीमध्ये ८८ हजार ६ सय ७१ पुनर्निर्माणका लागि पहिलो किस्ता वापतको अनुदान लिएका छन् । त्यस्तै ८७ हजार ७ सय ३८ ले दोस्रो किस्ता र ८२ हजार ३ सय ४८ ले आवास निर्माण सकेर तेस्रो किस्तावापतको अनुदान रकम लिनको लागि योग्य रहेका छन् ।
यस्तै जिल्लामा १६ वटा सरकारी कार्यालयहरु निर्माण सम्पन्न भएका छन । भने जिल्ला हुलाक कार्यालय भने निर्माणको अन्तिम चरणमा पुगेको छ । यस्तै जिल्लमा २९ वटा बस्ति निर्माण भएकामा सबै बस्तिहरुको भवन निर्माण भइसकेको र केहि एकिकृत बस्तिहरुमा अन्य पुर्वाधारहरुको कार्य भइरहेको समेत भवनका प्रमुख निरौलाले जानकारी दिनुभयो । जिल्लामा १०० बर्ष पुराना ७ वटा गुम्बाहरुको निर्माण कार्य समेत शुरु भएको छ ।