चौतारा ।
उपप्रधानमन्त्री इश्वर पोखरेल र युवा तथा खेलकुद मन्त्री दावा तामाङलाई सिन्धुपाल्चोकमा कालो झण्डा देखाइएको छ । बिहिबार सिन्धुपाल्चोकको खाडिचौरमा आयोजना गरिएको नेकपा ओलि पक्षका अगुवा कार्यकर्ता भेलाको सम्बोधन गर्न आएका उपप्रधानमन्त्री पोखरेल र युवा तथा खेलकुद मन्त्री तामाङलाई जिल्लाका युवा संघ र अनेरास्ववियूका युवा नेताहरुले कालो झण्डा देखाएको युवा संघका जिल्ला संयोजक सबिन आचार्यले जानकारी दिएका छन् ।
अनेरास्ववियूको केन्द्रीय सर्कुलर अनुसार कार्यक्रम गरिएको अनेरास्ववियूका जिल्ला संयोजक मिलन तामाङले जानकारी दिएका छन् ।
जिल्लाका अखिल नेपाल राष्ट्रिय स्वतन्त्र बिध्यार्थी यूनियन र युवा संघका गरि करिव ५० जना नेताहरुको उपस्थिति रहेको थियो ।
प्रधानमन्त्री केपी शर्मा ओलिले पौष ५ गते गरेको प्रतिनिधिसभा विघटन बिरुद्ध नेकपाकै नेता तथा भातृ संगठनका नेता कार्यकर्ताहरुले बिभिन्न बिरोधका कार्यक्रम गर्दै आइरहेको छ ।