चौतारा ।
प्रनिनिधि सभा विगठन विरुद्ध नेपाल कम्युनिष्ट पार्टी सिन्धुपाल्चोक दाहाल नेपाल समूहले जिल्ला प्रशासन कार्यालय मार्फत प्रधानमन्त्रीलाई विरोधपत्र पेश गरेको छ ।
सरकारको प्रतिगमनकारी कार्यको घोर भत्सर्ना गर्दै बयलगाडा सहित सरकारको विरुद्ध पार्टी कार्यालय चौताराबाट सिङगो बजार नाराबाजी गरेका थिए ।
प्रधानमन्त्री केपि शर्मा ओलिको बिरुद्धमा लगाइएको नारा जिल्ला प्रशासन कार्यालयमा पुगेर विसर्जन गरिएपछि बिरोधपत्र बुझाउदै नेकका सिन्धुपाल्चोकका अध्यक्ष झम्क नेपालले नेपालको संविधानले प्रधानमन्त्रीलाई प्रतिनिधि सभा विगठन गर्ने कुनै अधिकार नदिएको भन्दै आफ्नो असंवैधानीक कदमका निम्ती पश्चातापका साथ राष्ट्रसामु क्षमायाचना गरी प्रतिनिधि सभा पुनस्र्थापना गर्ने अवसर प्रदान गरेको बताउनुभएको छ ।
नेकपाका केन्द्रिय सदस्य एवम् पूर्व कानुनमन्त्री शेरबहादुर तामाङ, नेकपा केन्द्रिय सदस्य माधव सापकोटा सुवोध लगाएतले सो कार्यक्रममा सम्बोधन गर्नुभएको थियो ।