मेलम्ची ।
ब्यबसायिक खेतिमा जोड दिन जिसस प्रमुख कृष्ण गोपाल तामाङले कृषकहरुमा आग्रह गरेका छन् ।
ज्यामिरे साना किसान कृषि सहकारी सँस्था लिमिटेडको दोस्रो साधारणसभा तथा ब्यबस्थापन हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समितिका प्रमुख कृष्ण गोपाल तामाङले ब्यवसनयिक खेति गर्न किसानहरुलाई आग्रह गरेका हुन् ।
उनले खेतियोग्य जमिनमा मानवबस्ति बस्न थालेकोमा दुख ब्यक्त गर्दै बाझो बसेका जग्गाहरुमा सहकारी मार्फत ऋिण लिएर ब्यवसायिक खेति गर्न जोड समेत गरका छन् ।
यस्तै कार्यक्रममा मेलम्ची नगरपालिकाका प्रमुख डम्बर अर्यालले मेलम्ची नगरपालिका बाट ५० करोडको दूध गैरहेको भन्दै ब्यबशायिक पशुपाल गर्नमा जोड दिएका छन् । उनले कृषि सहकारी भएकाले कृषकको हितमा कामगर्न सहकारीलाई निर्देशन समेत दिएका छन् ।
सहकारीका अध्यक्ष केशब बिस्ट अध्यक्षतामा भएका कार्यक्रममा सचिब भेश बहादुर कार्की ले बार्षिक प्रगती प्रतिबेदन प्रस्तुत गरेका थिए ।