चौतारा ।
सैलुङ तेक्वान्दो डोजाङको आयोजना तथा सैलुङ गाउँपालिकाको मुख्य प्रायोजनमा पौष २४ र २५ गते आयोजित प्रथम सैलुङ भर्चुअल तेक्वान्दो राष्ट्रिय खुल्ला पुम्से प्रतियोगितामा सिन्धुपाल्चोकले ३ पदक हात पारेको छ ।
सिन्धुपाल्चोक जिल्लाबाट प्रतिनिधित्व गर्दै चौतारा सागाचोकगढी नगरपालिका (५ हिराहरि तेक्वान्दो डोजाङका प्रशिक्षक तथा खेलाडी रमेश गुरुङले पुरुष ३१ देखि ४० वर्ष समुहमा कास्य पदक जित्न सफल भएका छन् । भने सोहि डोजाङकाद्वय खेलाडी प्रदिप तामाङले पुरुष १७ वर्ष समुहमा रजत पदक र सोहि उमेर समुहमा सुजल श्रेष्ठले कास्य पदक जित्न सफल भएका छन् ।
सिन्धुपाल्चोकका ८ जना सहति २ सय भन्दा बढी खेलाडी सहभागि भएको दुई दिने प्रतियोगितामा विभिन्न १४ स्पर्धा समावेश गएको थियोे । मोस्ट पपुलर खेलाडीलाई नगद १० हजार रुपैयाँबाट पुरस्कृत गरिने छ । यो विधा चयनका लागी सहभागीले पठाएको भिडियोलाई युट्युबमा राखिने छ । सर्वाधिक हेरिएको खेलाडीको भिडियोलाई उत्त विधाबाट पुरस्कृत गरिने छ ।
पाँच अन्तरास्ट्रिय निर्णायक मिन न्यौपाने, नोर्बु लामा, अशोक खड्का, हिराबहादुर थापा मगर, र विक्रम खड्गीले गरेका थिए । अन्तरास्ट्रिय निर्णायक मिन न्यौपाने सिन्धुपाल्चोकका हुन् ।