चौतारा ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो पार्टी चुनावमा जान पनि तयार रहेको बताएका छन् ।
कांग्रेसको केन्द्रीय खेलकुद विभागद्वारा सिन्धुपाल्चोकमा आयोजित कोमलमाया–खडक बस्नेत स्मृति फुटबल प्रतियोगीता समापन समारोहमा बोल्दै देउवाले कांग्रेस संसद पुनस्थापना भए स्वृकार्न र नभए चुनावमा जान पनि तयार रहेको बताएका हुन् ।
उनले भने नेपाली काँग्रेसले स्वतन्त्र न्यायलयको निर्णयलाई मान्ने गरेको छ,‘हामी स्वतन्त्र न्यायलयलाई यसो गर उसो गर भन्दैनौ ‘अदालतको जे फैसला आउँछ सोही अनुसार अघि बढनेछौँ ।
फुलबल प्रतियोगिताको उपाधि सुनकोशी गाउँपालिकाले हात पारेको छ । आज भएको फाइन खेलमा सुनकोशीले मेलम्ची नगरपालिकालाई १ पराजित हराउदै उपाधि जितेको हो ।