शुसिल सुवेदी , मेलम्ची ।
सिन्धुपाल्चोकको पाँचपोखरी थाङ्पाल गाउँपालिका र हेलम्बु गाउँपालिकाको प्रहरी चौकीको नयाँ कार्यालय भवन उद्घाटन भएको छ ।
बाग्मति प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयको २ करोड २४ लाख ३६ हजारमा निमार्ण भएको पाँचपोखरी थाङ्पाल गाउँपालिकाको मानेखर्क प्रहरी चौकि र इलाका प्रहरी कार्यालय हेलम्बुको ३ करोड १७ लाख ६९ हजार सहयोगमा निमार्ण भएको २ चौकिको साढे दुई तले पक्कि भवनको प्रहरी नायव महानिरिक्षक तथा बाग्मति प्रदेशका प्रहरी प्रमुख बशन्त कुमार लामाले उद्घाटन गर्नुभएको हो ।
भवनको उद्घाटन गर्दै प्रमुख लामाले “जसरी भवन बनाउन एक भएर सफल हुनु भएको छ त्यसैगरी शान्ति सुरक्षा कायम गर्नको लागि पनि स्थनीयवासीको उत्तिकै दायित्व हुने बताउनुभयो । उहाँले प्रहरी र यहाँका स्थानीय मिलेर अपराध घटाउन नसके यति राम्रो भवनको औचित्य नै नरहने भन्दै सानो या ठूलो जुनसुकै घटनाको पनि प्रहरीलाई सूचना दिन कसैले नहिच्किचाउन आग्रह गर्नुभयो ।
समुदाय प्रहरी साझेदारी कार्यक्रमद्धारा समाजमा हुने विभिन्न किसिमका अवाञ्छनिय क्रयाकलापहरुलाई रोक्नको निम्ति गाउँ टोल वस्तिहरुमा विभिन्न जनचेतना कार्यक्रमहरु गर्दै आएको प्रहरी प्रमुख लामाले प्रष्ट पार्नुभयो । कार्यक्रममा जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रमुख राजन अधिकारीले प्रहरिको भबन बने संगै प्रहरिमा हौसला प्राप्त हुने र सान्ती सुरक्षामा थप सहयोग पुग्ने बिश्वास व्यक्त गर्नुभयो । उहाँले भबन निर्माणमा सहयोग गर्ने सम्पुर्ण समुदायलाई धन्यवाद दिनुभयो । कार्यक्रममा इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरिक्षक फल बहादुर तामाङले स्वागत तथा धन्यवाद मन्तब्य राख्नुभएको थियो ।
कार्यक्रममा पाँचपोखरी थाङ्पाल गाउँपालिकाका अध्यक्ष टासि लामाले युगौ देखिको स्थानीयवासीको चाहना र ईच्छा पुरा भएकोमा खुसी व्यक्त गर्दै आगामी दिनहरुमा शान्ति सुरक्षामा पालिकाले गर्नु पर्ने सहयोगहरु गर्न तयार रहेको बताउनुभयो । त्यस्तै हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले आफ्ना समस्याहरु प्रहरीलाई साथि नै सम्झेर निर्धक्क भएर राख्न समुदायलार्य आग्रह गर्नुभयो ।