चौतारा ।
नेपाल कम्युनिष्ट पार्टीका केन्द्रिय सदस्य तथा सिन्धुपाल्चोकका सह–इन्चार्ज तथा युवा नेता माधव सापकोटा (सुबोध)ले संसद जुनसुकै हालतमा पनि पुर्नस्थापना हुने बताउनुभएको छ ।
शुक्रबार चौतारा साँगाचोकगढी नगरपालिका वडा नं. ४ ले आयोजना गरेको अगुवा कार्यकर्ता भेलाको सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।
“७० बर्ष सम्मको समय पछि लाखौको योगदानबाट ल्याएको यस व्यवस्था ढाल्न खोज्ने ओलिको सपना साकार हुन दिदैर्नौ उहाँले भन्नुभयो, तपाईहरु ढुक्क हुनुहोस संसद पुर्नस्थापना पनि हुन्छ र संसद पुर्नस्थापना भएपछि ओलि सकिन्छन् ।”
यस्तै उहाँले ओलिले कुनैपनि हालतमा चुनाव नगराउने समेत बताउनुभएको छ । उहाँले भन्नुभयो “कम्युनिष्ट एक हुँदा त झापामा जित्न मुस्किल रहेका ओलिले पार्टी फुटाएर सकिन चाहेका छैनन् मात्रै जनतामा भ्रम फैलाइरहेका छन् । र सो भ्रममा नपर्न आग्रह समेत गर्दछु ।”
केपिशर्मा ओलिले संविधानको नै अपमान गरेको भन्दै नेता सापकोटाले ओलिको नेकपाको आधिकारीकताको लागि हैन अलग दलको आधिकारीकता पाँउनको लागि मात्रै यो रडाको मच्चाइरको हो उहाँले भन्नुभयो ।
सो कार्यक्रममा बोल्ने सम्पुर्ण वक्ताहरुले ओलिको असंवैधानिक कदप प्रति एक भएर लाग्न कार्यकर्ताहरुमा निर्देशन दिएका छन् ।
वडा पार्टी कमिटिका अध्यक्ष चित्रबहादुर श्रेष्ठको सभापतित्वमा भएको सो भेलामा नेकपा प्रदेश कमिटि सचिवाय सदस्य सुवाष कर्मचार्य, प्रमेप्रसाद सापकोटा र चन्द्र प्रसाद सापकोटा यस्तै जिल्ला कमिटि सदस्य उजार सिं तामाङ, सोही वडाका वडा इन्चार्ज सागर परियार लगाएतले सम्बोधन गर्नुभएको थियो ।