मेलम्ची ।
गुड ह्यान्स नेपालले हेलम्बु गाउँपालिकाको वडा नम्बर ३ भूमेश्वरी माध्यमिक विद्यालयका ९३ जना बालबालिकाको लागि न्यानो कपडा वितरण गरेको छ ।
चिसो झन झन बढ्दै गएकाले विशेषगरि हिमाली भेगका गरिब तथा जेहेन्दार विद्याथीको लागि न्यानो कपडा सहयोग गरेको गुड ह्यान्स नेपालका अध्यक्ष दावा ह्योल्मो जानकारी दिए ।
विगत देखिनै शैक्षिक क्षेत्रमा विभिन्न विद्यालयहरुमा सहयोग गर्दै आएको गुड ह्यान्सले आगामि दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने अध्यक्ष ह्योल्मोले जानकारी दिए ।
यसअघि पनि संस्थाले हेलम्बु गाउपालिका वडा नम्बर ५को पदमेश्वरी विद्यालयका ६६ जना विद्यार्थीको लागि स्वटर ,टोपि जस्ता न्यानो कपडा वितरण गरेको थियो ।
गुड ह्यान्स नेपालले सिन्धुपाल्चोकमा भूकम्प पछि विद्यालयको भवन निमार्ण, शिक्षक सहयोग देखि शैक्षिक क्षेत्रमा विभिन्न कार्यक्रमहरु अगाडि बढाउदै आएको छ ।