चौतारा, माघ ६ ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले सिन्धुपाल्चोक जिल्लामा संगठन बिस्तार तथा अधिबेशनमा तिब्रता दिएको छ ।
पछिल्लो समय पार्टी एकता सम्पन्न भएपछि सिन्धु राप्रपा गाँउ स्तरमा नै पुगेर संगठन बिस्तार तथा सुदृढिकरणमा अभियान नै चलाएर तिब्रताका साथ लागेको हो ।
सोहि अभियान अनुसार सोमबार सिन्धुपाल्चोक जिल्ला मेलम्ची नगरपालिका वडा नं ४ थकनीमा वडा अधिवेशन सम्पन्न गरेको छ ।
साबिक राप्रपाका वाड अध्यक्ष श्री प्रेम बहादुर तामाङको अध्यक्षतामा भएको अधिवेशनले अध्यक्षमा श्री राजु तामाङको नेतृत्वमा २१ सदस्यिय कमिटि सर्वसम्मतले बिस्तार गरेको छ ।
यस्तै सोही वडामा दिलकुमारी तामाङको नेतृत्वका महिला संगठन समेत गठन भएको छ ।
कार्यक्रममा प्रमुख अतिथि राप्रपाका केन्द्रीय सदस्य तथा पुर्व सांसद चलन बहादुर तामाङले पदाधिकारी एवं सम्पुर्ण टिमलाई हार्दिक बधाई दिदै राप्रपालाई देशको बलियो राष्ट्रबादी प्रजातान्त्रिक शक्ति हुने बताए ।
सो कार्यक्रममा राप्रपाका केन्द्रीय सदस्य तथा पुर्व सांसद अतिथि बद्री चौलागाईं, अतिथि चन्द्रकला साउद, यस्मिन ढुंगाना बिष्ट , राप्रपा महिला संगठनकी महासचिव कुमारी तामाङ, क्षेत्रिय अध्यक्ष फडिन्द्र दाहाल, नगर अध्यक्ष किरण दीप खड्का लगाएतका नेताहरुको सहभागी रहेको थियो ।
कार्यक्रमको सम्बोधन गर्ने सबै बक्ताहरुले पदाधिकारी एवं सम्पुर्ण टिमलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए ।