चौतारा ।
पहिलो चरणमा सिन्धुपाल्चोकमा कोरोना बिरूद्धको करिब २१ हजार खोप आउँने भएका छ ।
नेपाल सरकारले सिन्धुपाल्चोक जिल्लाका लागि २० हजार ८ सय २४ डोज कोरोना विरुद्धको खोप पठाउने भएको हो ।
भारत सरकारले नेपाल सरकारलाई बिहिबार अनुदानमा पठाएको १० लाख डोज मध्य सिन्धुपाल्चोकलाई २० हजार ८ सय २४ डोज खोप पठाउन लागेको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रत्यक जिल्लाकाको जनसंख्याको ३ प्रतिशतलाई पुग्नेगरी पठाउने तयारी गरेको जानकारी दिएको छ ।
पहिलो चरणमा आएको सो खोप कोरोना भाइरस नियन्त्रणमा खटिएका स्वास्थ्यकर्मी, चिकित्सक, सुरक्षा र स्वास्थ्यकर्मीलाई लगाउने योजना मन्त्रालयको छ ।