काठमाडौं, ९ माघ ।
प्रतिनिधिसभा बिघटनको विरोधमा प्रचण्ड–माधव नेपाल समूहले काठमाडौंमा शक्ति प्रदर्शन शुरु गरेको छ ।
उपत्यका सहित उपत्यका नजिकका जिल्लाबाट कार्यकर्ता उतारेर प्रचण्ड–माधव समूहले आज र्याली सहितको जनसाभा मार्फत आफ्नो शक्ति प्रदर्शन गरेको हो ।
आज माइतीघर मण्डला, डिल्लीबजार, लैनचौर, त्रिपुरेश्वर, कुपण्डोल, प्रदर्शनी मार्ग, त्रिचन्द्र कलेज, शान्तिबाटिका, बाल्मिकी क्याम्पस लगायत स्थानबाट जुलुस निस्केको छन् ।
फरक फरक स्थानबाट निस्किएका जुलुसहरु रत्नपार्कमा भेटभइ मुल जुलुसमा परिणत भई रत्नपार्क, बागबजार, पुतलीसडक, प्रदर्शनीमार्ग, भद्रकाली, सहिदगेट, सुन्धारा, भोटाहिटी, पुरानो बसपार्क हुँदै भृकुटीमण्डपमा पुगेर सभामा परिणत हुने छ ।
सो समुहले एक लाख बढी कार्यकर्ता विरोधसभामा उतारेको छ ।