✍️रस्मिला खत्री ,सिन्धुपाल्चोक,स्याउले –१
म आफुभित्र स्वाभिमानी दियो,बलेको देख्छु
मेरो लगनशीलतामा शत्रु आफै,जलेको देख्छु
यहाँ आफ्नाले नै,आफ्नो आँखा छलेको देख्छु
मेरो उन्नतिमा वरिपरि लटरम्म,फल फलेको देख्छु
अफ्ट्यारोमा सहयोगी वृक्ष,ढलेको देख्छु
सफलताको समीपमा,पाईलाहरु गलेको देख्छु
आफुभित्र अनेकौं हुरि,बतास चलेको देख्छु
आफन्तहरुले स्वार्थी चिल्लो चपक्क दलेको देख्छु
यस्तै चलिरहेछ जिन्दगीमा,म बलेको देख्छु
म प्रति ईष्र्या गर्नेहरु,खरानी भै जलेको देख्छु ।