प्रदिप ज्योती, माघ १३ ।
जति टाढा भए पनि तिमीलाई भुल्दिन आमा
तिम्रो खुसी डढाइ अन्त कतै फुल्दिन आमा
तिमी मेरो जननी स्वर्ग भित्र, भित्र्याउने
भित्र तिमिलाई लुकाइ म एक्लै खुल्दिन आमा
आफ्ना इच्छा थाती राखी मेरा सबै पूरा गर्यौ
तिम्रो आँखामा आँशु राखी ममा खुशी हुल्दिन आमा
तिमी मेरो प्रेरणा हरेक कुरामा पाठ सिकेँ
तिम्रो त्यो रुप लुकाई म राम्रो बन्दिन आमा
तिम्रो न्यानो काखको माया स्वर्ग भन्दा प्यारो लाग्छ
तिम्रो ती काख छोडी कतै झुलरमा झुल्दिन आमा
तिम्रो मुहारमा खुसी ल्याउन म टाढा गए त के भो
अबेर होला तर तिमीलाई छोडी कतै घुल्दिन आमा
जति टाढा भए पनि तिमीलाई भुल्दिन आमा
तिम्रो खुसी डढाइ अन्त कतै फुल्दिन आमा।।
स्थान: हेलम्बु ०२, सिन्धुपाल्चोक