चौतारा, १९ माघ ।
चौतारा साँगाचोकगढी नगरपालिका–७ को श्री सिद्धीगणेश माध्यमिक विद्यालयमा अध्ययनरत राकेश आचार्यलाई भदौरे गणेश सामाजिक संस्थाले छात्रवृत्ति प्रदान गरेको छ ।
पिता टायमप्रसाद आचार्यको मृत्युु भएपछि आर्थिक अभाव झेलिरहेका बालकलाई संस्थाले पाँच हजार रुपैया बराबरको छात्रवृत्ति प्रदान गरेको हो ।
कक्षा ९ मा अध्ययनरत आचार्यलाई झोला सहित पोशाक तथा स्टेशनरी सामाग्री दिईएको संस्थाका अध्यक्ष रविन गौतमले बताए ।
विद्यालयको बार्षिकोत्सवको अवसरमा विद्यालयमा नै सो छात्रवृत्ति प्रदान गरिएको हो ।