चौतारा,१९ माघ।
कक्षा १२ को नतिजा सार्वजनिक भएको छ ।
केहीबेरअघि सम्पन्न राष्ट्रिय परिक्षा बोर्ड बैठकको निर्णयपछि नतिजा सार्वजनिक गरिएको हो । नतिजाको बृस्तित बिवरण भने केहि समयमा आउने छ ।
बोर्डले यस वर्ष ४० प्रतिशत अंकका लागि मात्र परीक्षा लिएको थियो ।
कोरोना भाइरस संक्रमणका कारण गत वैशाखमा हुन नसकेको कक्षा १२ को परीक्षा ९ मंसिरबाट सुरु भएको थियो । परीक्षामा देशभर ४ लाख ३२ हजार परीक्षार्थी सहभागी भएका थिए ।